Shittalpati
चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने

पाल्पा,  जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत पर्ने चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।

निर्माण कम्पनी बाबा कन्स्ट्रक्सन वालिङ –८ स्याङ्जाले पिच र ढलानको काम भरहेकाले नियमित सवारी आवागमनले निर्माण कार्यमा समस्या भएकाले सवारी साधन रोकिदिन आग्रह गरेपछि बगनासकाली गाउँ सरकारले सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सवारी साधन नचलाउन भनेको छ ।

‘चिलाङ्गदी, नायर–राम्दी सडक खण्डमा पर्ने चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य चलिरहेको अवस्थामा नियमित सवारी साधन आवागमनले बाटो निर्माण कार्यमा समस्या आएकाले सवारी साधन सञ्चालन कार्य रोकी दिन भनि उक्त निर्माण व्यवसायी प्रतिनिधिले यस कार्यालयमा २०७९/११/१६ गते निवेदन दिनुभएकोले उक्त बाटो निर्माण सम्पन्न नहुुँदासम्म अर्थात् २०७९/११/१८ गतेदेखि २०७९/१२/३० सम्म निर्माणस्थलमा सवारी साधन नचाई बैकल्पिक बाटो प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिन सम्बन्धित सवारी धनी/चालकका लागि यो सूूचना प्रकाशित गरिएको छ’ प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीद्वारा जारी सूचनामा भनिएको छ । उक्त सडक प्रयोग गर्ने सवारी साधनहरुले खोरबारी–बरबा–नायर, ढङ्यान–छतिवन– नायर र कोइलीखानी–नायर सडकको बैंकल्पिक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update