Shittalpati
आज सुरक्षित इन्टरनेट दिवस

पाल्पा,‘जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाँउ बनाउ’ भन्ने नाराका साथ’ सुरक्षित इन्टरनेट दिवस–२०२३’ नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ ।

विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवद्र्धन गर्दै आएको छ । हालको डिजिटल युगमा इन्टरनेटले ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको, तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरू अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलि·, साइबर, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्ने जोखिम रहेको बताइएको छ । बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक रहेको छ । कोभिड–१९ विश्व महामारीपछि संसारभरि नै अनलाइन बालयौन दुव्र्यवहार तथा बालयौन शोषण, बालबालिकाहरुमा इन्टरनेटको लत बस्ने गरेको पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update