कला/संस्कृति/मनोरन्जन

लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस

Shittalpati Reporter

पाल्पा, लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।

पाल्पामा पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले वृहत्त सांस्कृतिक कार्यक्रम गरी दिवस मनाएको छ । प्रतिष्ठानले ‘हाम्रो चाहाना शान्तिको कामना, लोकसंस्कृतिको जर्गेना’ भन्ने नाराका साथ सांस्कृतिक कार्यक्रम गरी दिवस मनाएको हो । पञ्चेबाजासहित सांस्कृतिक र्‍यालि तानसेन नगर परिक्रममा गरिएको थियो । तानसेनको भगवती मन्दिर प्रंगणबाट सुरु भएको सांस्कृतिक र्‍याली टुँडिखेलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । त्यहाँ स्थानीयदेखि राष्ट्रियस्तरमा ख्याती कमाउन सफल कलाकारहरुको प्रस्तुुति रहेको थियो । लामो समय कोभिडका कारण सांस्कृतिक कार्यक्रमहरु नभएका बेला प्रतिष्ठानले दिवसका दिन आयोजना गरेको कार्यक्रममा रम्न र रमाउनेहरुको उत्साजन सहभागीता रहेको थियो ।

जिल्लाको कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले पञ्चेबाजासहित वृहत्त सांस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । उनले भने‘ हामी हरेक वर्ष नेपाली लोकसंस्कृतिलाई जीवन्त राख्न स्थापना दिवससँगै लोकदोहोरी दिवस मनाउँदै आएका छौं, हाम्रो उद्देश्य भनेकै कलासंस्कृतिको संरक्षण हो ।’ कार्यक्रममा प्रमुख अतिथि तथा हास्यकलाकार किरण चित्रकारले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताए । ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, कलाकार चित्रकारले भने । दोहोरी गीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उनको भनाइ छ । उनले पछिल्लो समय यस्ता गीतहरु हराउँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले त्यसको सरंक्षणमा देखाएको तदारुकता प्रशसंनिय रहेको बताए । कार्यक्रममा कलाकारहरु कमल भट्टराई, रुपेश कार्की, गणेश न्यौपाने, ममता कोइराला,किरण चित्रकार,सकुन्तला गैरे,तुल्सा गाहा,शिव भट्टराई, सुशिल बस्याल, जयप्रकाश उप्रेती,विजय बम्डेल, रामकृष्ण क्षेत्री, सागर कंवर, सन्तोष पृथी लगायतको प्रस्तुति रहेको थियो ।

यस्तै सो अवसरमा छमछम कला केन्द्र र सौभाग्य कला केन्द्रका कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे,प्रतिष्ठानका प्रेस सल्लाहाकार यज्ञमूर्ति तिमिल्सीना, रामचन्द्र रायमाझी लगायतको समेत उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, रामकृष्ण क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 


प्रकाशित मिति: सोमवार, फाल्गुन २९, २०७९, ०८:३७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन सोमवार, फाल्गुन २९, २०७९, ०८:३७:००
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’ सोमवार, फाल्गुन २९, २०७९, ०८:३७:००
पासासले मनायो छविलाल शतवार्षिकी सोमवार, फाल्गुन २९, २०७९, ०८:३७:००
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत सोमवार, फाल्गुन २९, २०७९, ०८:३७:००