Shittalpati
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै गुल्मीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै गुल्मीमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको चिदीचौर खेल मैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
खेलकुद पत्रकार अर्याल पुरस्कृत
खेलकुद पत्रकार अर्याल पुरस्कृत युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाल्पाका खेलकुद पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर पत्रकार अर्याललाई आइतबार पुरस्कार प्रदान गरेको हो । अर्यालले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् ।
दिल्लीद्वारा सन्दीप फुकुवा
दिल्लीद्वारा सन्दीप फुकुवा आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितिकी छन् । ढाकामा आइतबार भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्...
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा भएको भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् । बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा भएको म्याराथनको...
तम्घासमा क्रिकेट खेल हुने
तम्घासमा क्रिकेट खेल हुने जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।
महिला खेलाडीलाई छात्रवृत्ति
महिला खेलाडीलाई छात्रवृत्ति वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।
Weather Update