तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
बुधबार, फागुन १०, २०७९
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
मंगलबार, फागुन ९, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु
आइतबार, फागुन ७, २०७९
जिल्लाको माथागढी गाउँपालिका सराईमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आइतबारदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने
आइतबार, फागुन ७, २०७९
जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।
नेपालले स्कटल्याण्डलाई हरायो
शुक्रबार, फागुन ५, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।
सम्भावना खोज्दै महिला खेलाडी
शुक्रबार, माघ २७, २०७९
यहाँको निस्दी गाउँपालिका–५ ढुानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्छिन् डुमिसरा सारु । उनको भलिबलमा धेरै नै रुचि छ ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
मंगलबार, माघ २४, २०७९
नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
सुष्मालाई बक्सिङमा रजत पदक
बुधबार, माघ ११, २०७९
नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।
रिहा भए सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई
बुधबार, पुस २७, २०७९
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । पहिलो संस्करणको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उसले उपाधि हात पारेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी
बिहीबार, पुस १४, २०७९
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित
बुधबार, पुस १३, २०७९
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो ।

