Shittalpati
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई

लुम्बिनी, बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विहीबार २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा छ मिनेट दुई सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । प्रतियोगिता पुरुषतर्फ प्रथम भएका अधिकारीले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फ २१ किमीको दूरी नेपाल प्रहरीका पछाइले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरिन । प्रतियोगितामा महिलातर्फ प्रथम भएकी पछाइले एक लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र पाइन् । प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी एक घण्टा छ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएका छन् । यस्तै त्रिभुवन आर्मीका मुकेश पाल तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल चौथो स्थान हासिल गर्न सफल भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ द्वितीय भइन् भने नेपाल प्रहरीका रेखा विष्ट तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी चौथो भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ, एपीएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जीतेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टङ्क कामी १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।

महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल, त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाही १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार, छैटौँले रु १० हजार, सातौँले रु सात हजार, आठौँले पाँच हजार र नवौँ तथा १०औँले पाँच/पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा उत्रेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update