Shittalpati
चेन्नई आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर कि·स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । चेन्नईका लागि रुतुराज गायकवाडले ७५ तथा फाप डु प्लेसिसले ५६ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले ७ रन बनाए । हैदराबादका राशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डे र डेबिड वार्नरले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मनिषले ६१ रन तथा डेभिड वार्नरले ५७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै चेन्नई ६ खेलमा १० अड्ढ जोड्दै शीर्ष स्थानमा पुगेको छ । हैदराबाद भने ६ खेलमा २ अड्ढ जोडेर पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update