पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत भेटिए
शुक्रबार, असार ४, २०७८

पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो
बिहीबार, असार ३, २०७८
अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बन्न पुगेको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सडकमा पहिरो हटाएपछि विहिबार दिउँसोदेखि खुलेको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा
बुधबार, असार २, २०७८
कालीगण्डकी नदिमा जलसतह बढेपछि पुर्तिघाट बजारका ३ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि यहाँ घरहरु जोखिममा रहेका हुन् ।

वर्षाको प्रभाव: पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध
बुधबार, असार २, २०७८
अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्ग सहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् ।

आँधीखोलामा शव फेला
बुधबार, असार २, २०७८
स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बुधबार विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध
बुधबार, असार २, २०७८
निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु
मंगलबार, असार १, २०७८
पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु भएको छ । निरन्तर परेको अविरल वर्षका कारण आज साझँ स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट पहिरो खस्न गई घर पुरिदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।

तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
.jpg)
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मंगलबार, असार १, २०७८
लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण यहाँका ठूला नदीहरुमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, परासी, कपिलबस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा बाढी आएको छ ।

वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए
मंगलबार, असार १, २०७८
लगातकारको वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिका–५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
चार दिनदेखि निरन्तर परेको अविल वर्षका कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न सडक अवरुद्ध भएका छन् । मंगलबार विहान सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते
आइतबार, जेठ ३०, २०७८
जिल्लाको तिनाउँ गाउँपालिका –३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् । बुटवलदेखी तानसेनतर्फ आउदै गरेको लु १ क १३१५ नम्वरको मिनि ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७११४ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन्...

पाल्पाको लघुवामा टिपर दुर्घटना: एकको मृत्यु, चार घाइते
आइतबार, जेठ ३०, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा टिपर दुर्घटना भएको छ । लघुवा स्थित गुल्मी–पाल्पा सडक खण्डमा टिपरहरु एक आपसमा ठोकिँदा आइतबार विहान दुर्घटना भएका हुन्