पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते
आइतबार, जेठ २, २०७८
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग
आइतबार, जेठ २, २०७८
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु
आइतबार, जेठ २, २०७८
गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २, २०७८
कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।
बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए
शनिबार, जेठ १, २०७८
बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज
शनिबार, जेठ १, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
शनिबार, जेठ १, २०७८
एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
शनिबार, जेठ १, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
शनिबार, जेठ १, २०७८
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
शुक्रबार, वैशाख ३१, २०७८
बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
गुल्मी काँग्रेसले गर्यो ५० सिलिण्डर अक्सिजन सहयोग
शुक्रबार, वैशाख ३१, २०७८
जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अ
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
शुक्रबार, वैशाख ३१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
शुक्रबार, वैशाख ३१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


