‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
शुक्रबार, जेठ ९, २०८२
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शुक्रबार, जेठ ९, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
शुक्रबार, जेठ ९, २०८२
दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा
शुक्रबार, जेठ ९, २०८२
गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती
शुक्रबार, जेठ ९, २०८२
आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम हुँदै छन् ।
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल
बिहीबार, जेठ ८, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
बिहीबार, जेठ ८, २०८२
राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
रुपन्देहीमा ‘एक घर, एक स्काउट’
बिहीबार, जेठ ८, २०८२
बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
बिहीबार, जेठ ८, २०८२
झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
आज जैविक विविधता दिवस मनाइँदैं
बिहीबार, जेठ ८, २०८२
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बुधबार, जेठ ७, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, सुर्खेत, सर्लाही, महोत्तरी र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
झेँदी पुल निर्माण सम्पन्न
बुधबार, जेठ ७, २०८२
मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बुधबार, जेठ ७, २०८२
न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।


