गुल्मीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
गुल्मी, जिल्लामा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी खण्डको रेसुंगा नगरपालिका–१३ मा तम्घासबाट चारपालातर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री रेसुंगा नगरपालिका–१३ की ९२ वर्षीया धनी बुढाथोको मृत्यु भएको थियो ।
टिपरको ठक्करबाट बुढा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्


