Shittalpati
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी ! देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ५ खज्य्राङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरु गरेका हुन् ।
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताउन्छिन् ।
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल लुम्बिनी प्रदेश सरकारले सरोकारवालासँग बजेटबारे छलफल गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तर्जुमा बारे सरकारमा सहभागी राजनीतिक दल, प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम  गरिरहेको छ । केही दिन अघि सरकारमा सहभागी दलका प्रमुखहरूसँग छलफल गरेको उसले शनिबार प्रदेशसभा सदस्यहरूसँग पनि छलफल  गरेको छ ...
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे ।  पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन । 
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा अबको केही समय डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताइएको छ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको हो ।
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए जिल्लाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । विहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका –३ तिनाउखोला ड्यामसाईडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update