Shittalpati
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको थियो ।
गुल्मेलीको मिलन पाल्पामा
गुल्मेलीको मिलन पाल्पामा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो ।
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’ रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन ।
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ ' अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ ।
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत ! नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
Weather Update