पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको
शुक्रबार, भदौ ४, २०७८
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
शुक्रबार, भदौ ४, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
शुक्रबार, भदौ ४, २०७८
नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
शुक्रबार, भदौ ४, २०७८
जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित
शुक्रबार, भदौ ४, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ ।
पाल्पा कोरोना अपडेट: बिहीबार ४३ जना संक्रमितले कोरोना जिते, १८ जनामा संक्रमण
बिहीबार, भदौ ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४३ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा संक्रमितको लापरबाहीले कोरोना बढ्यो
बिहीबार, भदौ ३, २०७८
गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरुले लापरबाही गर्दा कोरोनाको जोखिम बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए ।
पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार
बिहीबार, भदौ ३, २०७८
जिल्लाका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर अगाडि बढेका छन् । उनीहरुले कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कृषिलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाइन्छ । यहाँका स्थानीय सरकारले कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । कृषकलाई अनुदानमा कृषि औजार, विउ विजन र प्राविधिक सहयोग समेत यहाँका स्थानीय...
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
बुधबार, भदौ २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
बुधबार, भदौ २, २०७८
संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध
मंगलबार, भदौ १, २०७८
लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको
मंगलबार, भदौ १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।


