Shittalpati
उद्यमी बन्न होडबाजी
उद्यमी बन्न होडबाजी जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा गरिएको छ ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।
जनगायक टुहुरेको निधन
जनगायक टुहुरेको निधन वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २४ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ८ जना पुरुष कोरोनामुक्त भएका...
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
पाल्पामा थप ४६ संक्रमित कोरोनामुक्त
पाल्पामा थप ४६ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
काँग्रेसमा सदस्यता विवाद टुंगियो
काँग्रेसमा सदस्यता विवाद टुंगियो नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन जिल्लामा दिनहुँ कोरोना निको हुनेहरुको संख्या बढ्दै गए पनि संक्रमणको दर भने घट्न सकेको छैन । समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा निको हुने संख्या बढे पनि संक्रमणको दर घट्न नसकेको हो ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
Weather Update