आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
बुधबार, माघ १९, २०७८
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
मंगलबार, माघ १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने
मंगलबार, माघ १८, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
मंगलबार, माघ १८, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
माघ १९ गते सार्वजनिक विदा
मंगलबार, माघ १८, २०७८
नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।
नवजनचेतना दैनिक ‘क’ वर्गमा
मंगलबार, माघ १८, २०७८
पाल्पादेखि नियमित रूपमा प्रकाशित नवजनचेतना दैनिक प्रेस काउन्सिल नेपालले गरेको वर्गिकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ ।
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा
मंगलबार, माघ १८, २०७८
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समीक्षा गरिएको छ ।
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा
मंगलबार, माघ १८, २०७८
आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार, माघ १७, २०७८
पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस
सोमबार, माघ १७, २०७८
नेपाली काँग्रेस गुल्मीले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको छ । मुलुको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञातअज्ञात महान सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै सहिदहरुको सम्झना गरी यो दिवस मनाएको हो ।
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
आइतबार, माघ १६, २०७८
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार, माघ १६, २०७८
पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।


