गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष
सोमबार, पुस २६, २०७८
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
आइतबार, पुस २५, २०७८
नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
आइतबार, पुस २५, २०७८
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
आइतबार, पुस २५, २०७८
गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् ।
काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्छ: सभापति पन्थी
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका वडा १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन तानसेनको टिन्टीआपमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै आगामी तीन वटै निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने बताए । पार्टी अध्यक्ष शर्मा एमालेलाई चारैतिरबाट प्रतिक्रियावादीले घेरा हालेपनि जनताको माझमा एमाले लोकप्रिय रहेको र सरकारमा रहँदा जनता केन्द्रित...
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
शनिबार, पुस २४, २०७८
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ।
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
शुक्रबार, पुस २३, २०७८
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
शुक्रबार, पुस २३, २०७८
पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
शुक्रबार, पुस २३, २०७८
स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बिहीबार, पुस २२, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।

.jpg)
