गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् ...
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन
बिहीबार, चैत १७, २०७८
गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन...
गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
बिहीबार, चैत १७, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा मानव अधिकार तथा शान्ति समाजले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रशासन कार्यालय अगाडि झण्डै १ घण्टा प्रदर्शन गरेको हो ।
पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै
बिहीबार, चैत १७, २०७८
पाल्पाका फाँटहरुमा यतिबेला चैतेधान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत्र महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैतेधान रोप्ने परम्परा रहेको छ ।
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
बिहीबार, चैत १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५...
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश
बुधबार, चैत १६, २०७८
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ । नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको महासंघले बुधबार स्थापना दिवस मनाएको छ ।
चुनावको आश्वासनः विपन्नले पाए घर
बुधबार, चैत १६, २०७८
‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन
मंगलबार, चैत १५, २०७८
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रि·नेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा–वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
सोमबार, चैत १४, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
थप २१ जनामा कोरोना
सोमबार, चैत १४, २०७८
नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।


