Shittalpati
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिला भएको छ । साउन पहिलो साता सकिन लाग्दा पनि देशभर जम्मा ६८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धानको बीउ ठूलो भइसक्दा पर्याप्त पानी नपरेकाले ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाएको छ ।
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको  अकालमै ज्यान गएको हो ।  
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् । 
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
इन्टरनेटको सहायताबाट बंगुरपालन
इन्टरनेटको सहायताबाट बंगुरपालन पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बंगुरका पाठापाठी हुर्काउने र विक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बंगुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् । पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बंगुरपालन व्यवसाय रोजेका हुन् ।
कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल
कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कलम चलाउने पत्रकारहरु अपमानित हुन नपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं  साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका लम्सालले कलम चलाउने कुनै पनि पत्रकार अपमानित हुन नपर्ने बताएका हुन् । 
विश्व आदिवासी दिवस मनाइने
विश्व आदिवासी दिवस मनाइने उनान्तीस औँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’ नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत  भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । 
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो ।  रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए ।  ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...
Weather Update