Shittalpati
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव

पाल्पा, निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २७ औं वार्षिकउत्सव मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले सोमबार विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकउत्सव मनाएको हो ।

वार्षिक उत्सवको लुम्बिनी प्रदेशका सभामुख तुलाराम (बसन्त) घर्तीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका घर्तीले निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले २७ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । सभामुुख घर्तीले निजी विद्यालयका समस्या समधान गर्न ऐन कानुन, नीति बनाएर मात्र सम्भव रहेको बताए । उनले बालबालिकामा अनुशासन र नैतिकताको सिकाई भए मात्र असल, चत्रिवान नागरिक बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्रियताका साथ लागेकाले पनि अभिभावकहरुको विश्वास जित्न सफल भएको बताए ।  

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादीका जिल्ला सचिव मथुरा ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, प्यावसन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, उपाध्यक्ष डाँसुराम पन्त, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ८ सय ९५ जना छात्रछात्राहरु रहेको, प्रतिभावान छात्रछात्राहरुलाई वार्षिक ३७ लाख छात्रवृत्ति दिर्दै आएको जानकारी गराए । उनले विद्यालयले शिक्षिक क्षेत्रमा मात्र नभई खेल क्षेत्रमा समेत राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा सफला हासिल गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालको अध्यक्षता, सहायक प्रिन्सिपल महेन्द्र पोखरेलको स्वागत, विद्यार्थीहरु अनुभव खनाल र आदिक्षा थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update