Shittalpati
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले ।
विदेशबाट फर्केर आफ्नै व्यवसाय
विदेशबाट फर्केर आफ्नै व्यवसाय बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाए । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् । 
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने  
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने   नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट
आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ । 
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा 
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा  बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छतमा पक्षीपालन गर्दै उमाकुमारी
छतमा पक्षीपालन गर्दै उमाकुमारी मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेका छन् । पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीन तला घर माथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन...
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो । 
गुल्मीका औषधि पसलमा अनुगमन
गुल्मीका औषधि पसलमा अनुगमन जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।  रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी  
तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी   जिल्लाको तानसेनमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाकोे आयोजनामा जिल्ला स्वास्थय कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा  र औषधी व्यवसायी संंघ, तानसेन नगरपालिका, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिीतमा औषधि पसलहरुको अनुगमन गरिएको हो । 
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
Weather Update