Shittalpati
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’ 
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’  पाल्पा  दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक ट्राय सेवा सुरु गरेको हो ।
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा  गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल...
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज  देश तथा विदेशमा विविध कार्यक्रम मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला 
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला  पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता  जिल्ला  घोषणा  गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । 
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
विमानस्थल पुग्नेहरु भक्कानिन्छन् त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । 
Weather Update