पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
शुक्रबार, साउन ५, २०८०

प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
शुक्रबार, साउन ५, २०८०
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
शुक्रबार, साउन ५, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।

नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
शुक्रबार, साउन ५, २०८०
दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

इन्टरनेटको सहायताबाट बंगुरपालन
शुक्रबार, साउन ५, २०८०
पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बंगुरका पाठापाठी हुर्काउने र विक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बंगुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् । पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बंगुरपालन व्यवसाय रोजेका हुन् ।

कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल
बिहीबार, साउन ४, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कलम चलाउने पत्रकारहरु अपमानित हुन नपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका लम्सालले कलम चलाउने कुनै पनि पत्रकार अपमानित हुन नपर्ने बताएका हुन् ।

विश्व आदिवासी दिवस मनाइने
बिहीबार, साउन ४, २०८०
उनान्तीस औँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।

गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
बिहीबार, साउन ४, २०८०
नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
बिहीबार, साउन ४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
बिहीबार, साउन ४, २०८०
गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए । ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...

मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत
बिहीबार, साउन ४, २०८०
हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको बेला पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि...

बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बुधबार, साउन ३, २०८०
पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।

अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
बुधबार, साउन ३, २०८०
रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।