
पाल्पा, तानसेनस्थित मोहन कन्या माविमा भूपू विद्यार्थीहरूको समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको भेलाले समिति गठन गरेको हो ।
जसको अध्यक्षमा सौन्दर्यवती शाक्य, उपाध्यक्षमा सामना गुभाजु, सचिवमा बबिता गैरे चयन भएका छन् । यस्तै सदस्यहरूमा सरिता बज्राचार्य ,सुष्मा श्रेष्ठ, विनिता घलान, माया गैरे, मनिषा शाही, मिना लामिछाने अनिषा शाही र मोहिनी देवी बज्राचार्यलाई रहेको शिक्षक मन गहिरेले जानकारी दिइन् ।
विद्यालयका प्रधानाध्यापक दीपक ज्ञवालीले हिरक महोत्सवलाई भव्य र सभ्य बनाउन भूपु विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा पुर्ब प्रअङ्ग चोल प्रसाद ज्ञावलीले हिरक जयन्तिको लागि स्मारिका प्रकाशन गर्ने उद्देश्यले लेखहरु संकलन भइ रहेको र स्मारिकाको काम तिब्र रुपमा अघि बढेको बताए । विद्यालय ब्यवस्थापन समितिका सदस्य रमेश खनाल, मुक्तिराम तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष बसुन्धरा पाण्डे लगायतले आर्थिक रकम संकलन गर्ने, विभिन्न कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, सहायक प्रअ रिना श्रेष्ठको सञ्चालनमा भएको थियो ।