
राजनीतिक रुपमा यतिखेर दुई मुख्य दलका नेतालाई पूर्ण रुपमा सकस नै भएको छ । विशेष गरी देउवालाई यतिखेर आफु पछिको नेतृत्व दिने विषयमा उनलाई आफनै मनमा महाभारतको युद्ध नै चलेको बखतमा आफ्नो नेतृत्वको उत्तरार्धमा अनुशासनको बेमौसमी बाजा बजाउँदा थप पेचिलो बनेको छ । काँग्रेस पछिको विधान अनुरुप दुई/दुई महिनामा बस्नु पर्ने केन्द्रिय समितिको बैठक १० महिनापछि बसेर केही दिन अगाडि सकियो ।
राष्ट्रिय महत्वको दुई वटा मुद्धा भिजिट भिषा र कुलिङ पिरियड विषयले सडक देखि सदन तातेका कारण केन्द्रिय समितिको बैठक बसेको हो । काँग्रेस बैठकमा देउवाका समानान्तर नेता डा. शेखर कोइरालाले पेचिलो बन्ने गरी १० प्रश्न राखेपछि शेखरको शेखी झार्नका लागि आनन्द ढुगांनाले अनुसाशनको डण्डा चलाए पछि काँग्रेस पार्टीमा थप हलचल भएको हो । ढुगांना अनुसाशन समितिका संयोजक हुन् । उनले यति खेर बेमौसमी बाजा बजाएका हुन् । अब अर्को चुनावको लागि तयार गर्न कार्यकर्ता एकै ठाउँमा हुनु पर्ने बेलामा एकाएक कारवाहीका नामावली सार्वजनिक हुँदा यसले काँग्रेस भित्र थप विवाद उत्पन्न गराएको छ । हुन त पार्टीको इतिहासमा सबै भन्दा नालायक पदवीको पगरी गुथेका देउवाले पार्टी भन्दा गुटको राजनीतिसँग सत्ता केन्द्रित राजनीतिकमा लागेका कारण पार्टी प्रत्येक दिन कमजोर हुँदै गएको सबैलाई स्पष्ट नै भएको छ । पार्टीका जरा भनिने भातृ संस्थाहरुको हविगतका विषय त उल्लेख गरेर सक्किन् । आफु आफ्नो परिवार र आफ्नो गुट भन्दा देउवा कहिल्यै माथि उठ्न सकेनन् । उनी भन्दा अगाडिका सभापति गिरीजा, शुशिल र कृष्णप्रसाद भटट्टराईले कहिल्यै यस्तो हविगत गरेनन् । केन्द्रिय समितिको बैठकमा यस अगाडिका सदस्यहरुले आफ्नो आफ्नो धारणा व्यक्त गर्ने चलन थियो । सभापति बोले पछि वा सभापतिले जवाफ दिएपछि कुनै सदस्यको बोल्ने आट आउँदैन थियो । अहिले सभापति बोलेपछि प्रश्न माथि प्रश्न आउँछ । प्रश्न पनि तथ्य र बस्तु निष्ठ भएर सत्यमा टेकेर प्रश्न उठाउने गर्दछन् । त्यसो किन भयो भनेर उनै सभापतिले आफ्नो मुल्याङ्कन गर्ने हो भने आफ्नो कमजोरी भेटिने थियो । हुन त देउवाको पृष्ठभूमि राम्रो होइन् । विद्यार्थी कालमा संर्घष त गरे पञ्चायती व्यवस्थाले यातना त दियो । फेरी पञ्चायततर्फ नै फर्कन खोजेपछि कृष्णप्रसाद भट्टराईले विदेश अध्ययनका लागि पठाए । विदेशबाट फर्किए पछि उनी गृहमन्त्री बनेका पनि हुन् । राजनीतिमा उनलाई पटक –पटक लाग्ने गरेको अभियोगबाट कहिल्यै मुक्त हुन सकेनन् । फलस्वरुप पार्टीलाई उनले नराम्रोसँग डुवाउने काम गरे । विगतमा पनि ततकालिन पार्टी सभापतिसँग विमति हुँदा पार्टी विभाजन गरी तत्कालिन राजा ज्ञानेन्द्रलाई साशन सत्ता सुम्पन पुगेका पनि हुन् । राजाबाट पुनः सत्ता ल्याउन गिरीजा प्रसाद साथै सिङ्गो देशवासीले कठिन संघर्ष नै गर्नु परेको नेपाली जनताले बिर्सेका छैनन् । पटक–पटक सत्तामा कु गरेको इतिहास साक्षी भए पनि पुनः दोहोरीने सम्भावना पनि हुन सक्छ । इतिहासलाई नियाल्दा जब काँग्रेस पार्टी कमजोर हुन्छ तब सत्तामा भुइँचालो नै जाने गरेको पनि छ । अहिले पनि बेमौसमी कारवाहीले देउवाका दाहिने हात भएका विनोद चौधरीलाई बाड बाड भएको होला । अब काँग्रेस एकताको मालाबाट चुडिन लागेको पनि देखिन्छ । अहिले काँग्रेस एमालेको भन्दा पनि देउवा ओली ठेकेदार कम्पनीको यो सरकार भएको छ । यि दुई आफ्नो स्वार्थ र गुट भन्दा माथि उठन सकेनन् । देउवा पनि अब प्रधानमन्त्री बन्ने सपना देख्न छोडेर सर्वमान्य नेता भएर बसेको खण्डमा उनको लागि नै राम्रो हुने थियो । उनका ढेकेहरुको स्वार्थ सहित उनकै श्रीमतीका दवावका कारण उनी फेरी प्रधानमन्त्री बन्ने सपना बुनेर बसेका छन् । त्यसका लागि पनि पार्टी विभाजन गर्न पनि पछि नपर्ने देखिन्छन् । हुन त नेकपा एमालेका पार्टी अध्यक्ष ओलीसँग प्रधानमन्त्री आलो पालो गर्ने सहमति गरेका छन् । राजनैतिक परिवेशलाई नियाल्दा यहि एमालेको नेतृत्वले काँग्रेसलाई सहजरुपमा नेतृत्व हस्तान्तरण गर्ला जस्तो देखिन्न । त्यसको लक्षणदेखि सकिएको छ । बाहिर बाहिर आगो पनि सल्कदै छ भने नेकपा एमालेमा पनि भूसमा लागेको आगो निभ्याउन कठिन भएको छ । दुवैको लक्ष्य आउने महाअधिवेशनमा आफु अनुकुलको राजनीतिक वातावरण बनाउनु हो । दुबै नेता समग्र देश जनताको भन्दा गुटलाई बढी महत्व दिदा गुट बन्धनमा परिणत भएको कारणले पार्टी विभाजन हुने प्रवल सम्भावना देखिन्छ ।
राजनैतिक दल लोकतान्त्रिक व्यवस्थाको मुख्य मियो भएपनि मियो कमजोर हुँदा व्यवस्था नै ध्वस्त भएको छ । विगतका हाम्रा थुप्रै शाशन व्यवस्थाहरुको पतनका मुख्य कारण पनि सत्ता र पदको निम्ती लुछाचुडी भएको इतिहासका पानाहरुमा लेखिएको छ । अब महाअधिवेशन नजिक आउँदा विधान अनुसार गठन हुनु पर्ने विभागले पुर्णता पाउन सकेको छैन् । अब नभए कहिले ,पार्टीको हेर्ने स्पष्ट नीति नै छैन् । आउने निर्वाचनमा काँग्रेस एक्लै लड्नु पर्ने शेखर समूहको दावी रहेको छ । देउवाको रणनीति अन्य दलसँग सहकार्य गर्ने श्रीमति र उनका आसेपासेलाई सांसद बनाउने र बिस्तारै आरजु राणालाई प्रधानमन्त्री बनाउने सपना देखेको हुन सक्छ । अनुसाशनको बेमौसमी बाजा जब बज्यो । त्यसले काँग्रेस भित्रको असन्तुष्टि सडकसम्म ल्याउदा देउवाको परिकल्पना पुरा नहुन सक्छ । नयाँ पुस्ता काँग्रेसप्रति आर्कषित नहुनुको मुख्य कारण नै असक्षम नेतृत्व होे । अनुसाशन भन्ने कुरा जहाँ पनि अपरिहार्य हो तर यो कारवाही निर्वाचन सकिन साथ भएको भए सार्थक हुन्थ्यो । सामाजिक योगदान नै नभएका तर पैसाको भरमा टिकट किन्नेलाई टिकट बजारमा बस्तु जस्तै बेच्न मिल्छ की मिल्दैन ? यस्तालाई कारवाही गर्ने की नगर्ने प्रश्न यहाँ पनि उठेको छ । लुम्बिनी प्रदेशका महामन्त्रीलाई अनुसाशन समितिले कारवाही गर्यो । त्यसको हप्ता दिन नपुग्दै पश्चिम नवलपरासीले पुर्व सासंद देबेन्द्रराज कडेललाई पनि कारवाही गर्यो । अब यस अवस्थामा काँग्रेस सकिने हो की सच्चिने हो ? काँग्रेस के कसरी अगाडि बढने, आम कार्यकर्तामा उत्साह बढ्ने की निरासा बढने प्रश्न यहाँ पनि हो । पार्टी भनेको कुनै व्यक्ति विशेषले स्थापना गरेको पनि होइन राजतन्त्र जस्तै पनि होइन । सबैको साझा नेतृत्वबाट हुने हो । काँग्रेस भित्र देखिएको गुटबन्दीको परिमाण हो कारवाही यसले अब हुने तिन तहको निर्वाचनमा नराम्रोसँग परिमाण निकल्ने लक्षण हो । यसको निरुपणको लागि सभापति देउवाले सन्तुलन कायम राख्दै कारवाहीको प्रक्रिया अन्त्य नगर्ने हो भने कलहको विजारोपण भएको सावित हुनेछ । सकिन्छ भने खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने, परिवारवादबाट माथि उठेको खण्डमा देउवाको अबको समय सुखद् देखिन्छ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)