गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेठ ४, २०८१
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
शुक्रबार, जेठ ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शुक्रबार, जेठ ४, २०८१
नेपालसहित विश्वभर आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
गुल्मीको रिडीमा बस दुर्घटना : १३ जना घाइते
बिहीबार, जेठ ३, २०८१
गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
बिहीबार, जेठ ३, २०८१
राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बिहीबार, जेठ ३, २०८१
बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो ।
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर
बिहीबार, जेठ ३, २०८१
जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बिहीबार, जेठ ३, २०८१
रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
बिहीबार, जेठ ३, २०८१
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बुधबार, जेठ २, २०८१
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।


