मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
शुक्रबार, चैत १६, २०८०
रामपुरका सहकारी संस्थालाई तालिम
शुक्रबार, चैत १६, २०८०
जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो
बिहीबार, चैत १५, २०८०
काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् ।
तानसेनका जेष्ठ नागरिकलाई तीर्थयात्रा
बिहीबार, चैत १५, २०८०
तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४ वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई धार्मिक तीर्थयात्रा गराएको हो ।
गगनले थाले दोस्रो चरणको संवाद यात्रा
बिहीबार, चैत १५, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
बिहीबार, चैत १५, २०८०
पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै
बिहीबार, चैत १५, २०८०
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको पछिल्ला पाँच शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ ।
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् ।
भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै
बुधबार, चैत १४, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा भोलि बिहीबारदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिन लागेको हो ।
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बुधबार, चैत १४, २०८०
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...
आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
बुधबार, चैत १४, २०८०
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
पाल्पामा १९ वर्षीया किशोरीको शव फेला, हत्या भएको आशंका
बुधबार, चैत १४, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहास्थित लप्सीखोला नजिकैको जंगलमा एक किशोरीको शव फेला परेको छ । मंगलबार विहान कपडा धुन खोलामा गएकी १९ वर्षीया पदमा सुनारको घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।


