Shittalpati
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको ६ भने सयभन्दा बढी घाइते भएका छन् । 
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । 
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
एमालेको अवरोधपछि संसद् स्थगित
एमालेको अवरोधपछि संसद् स्थगित लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
भारी वर्षाका कारण २४ जनाको मृत्यु
भारी वर्षाका कारण २४ जनाको मृत्यु भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
बुटवलमा मिडिया सम्मेलन हुँदै बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’ मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ ।
Weather Update