Shittalpati
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्‍यो स्वागत  
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्‍यो स्वागत   प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्डको अग्रसरताको स्वागत गरेको छ । बोर्डले विभिन्न सरकारी निकायहरुबाट सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण हुने विज्ञापन सूचना तथा सन्देशको बिल भुक्तानीको प्रक्रिया पारदर्शी हुन नसकिरहेको बेला त्यसलाई रोक्न नीतिगत व्यवस्था गरेसँगै संघले त्यसको स्वागत गरेको हो ।  
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए ।
तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु
तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस विहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
सुध्रिँदै पाल्पा अस्पतालको सेवा
सुध्रिँदै पाल्पा अस्पतालको सेवा कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो ।
साउन १० देखि अवरुद्ध संसद् खुल्यो
साउन १० देखि अवरुद्ध संसद् खुल्यो गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुनकाण्डको छानबिनको माग राखी अवरुद्ध गर्दै संसद् सहमति पछि सञ्चालन भएको हो ।  
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार
मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिवबिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भएपनि उनले पसलबाट केही खरिद गर्न पाउँदैनन् । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । 
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप केही दिनयता  पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।
Weather Update