एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
सोमबार, चैत २६, २०८०
विदेश पलायन रोक्न दूधमा अनुदान
सोमबार, चैत २६, २०८०
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक रानीघाटमा
आइतबार, चैत २५, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको नियमित बैंठक पाल्पाको रानीघाटस्थित एक होटलमा भएको छ । पार्टी संगठनलाई मजबुद बनाउने उद्देश्यले काँग्रेसको बैंठक बसेको हो ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।
उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
शनिबार, चैत २४, २०८०
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।
कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
शनिबार, चैत २४, २०८०
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।
बारीमा तरकारी, घरमै रोजगारी
शनिबार, चैत २४, २०८०
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् ...
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
शनिबार, चैत २४, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
शुक्रबार, चैत २३, २०८०
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


