Shittalpati
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
प्रेस युनियन लुम्बिनिको  भेला स्वर्गद्वारीमा
प्रेस युनियन लुम्बिनिको भेला स्वर्गद्वारीमा नेपाल प्रेस युनियन
ग्रेटवाल भत्काउने दुई जना पक्राउ
ग्रेटवाल भत्काउने दुई जना पक्राउ चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।  उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।
घुस लिएको अभियोगमा मुद्दा दायर
घुस लिएको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । 
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी 
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी  नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा छलफल अगाडि बढाएको छ ।   उसले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका सम्बन्धमा  पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफल अगाडि बढाएको हो । 
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
मोहन कन्याको यात्रा ७४ वर्षमा
मोहन कन्याको यात्रा ७४ वर्षमा पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७४ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७४ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
Weather Update