Shittalpati
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ? 
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ?  पाल्पामा आत्महत्या चुनौतीको रुपमा देखा परेको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो चुनौतीका रुपमा देखा परेको हो । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन...
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।  
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् ।
भोली बीपी जयन्ती : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
भोली बीपी जयन्ती : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी  भोली देशभर मनाइँदैछ ।
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ ।
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बनेको छ । दलहरूले स्थापित मूल्य–मान्यता र संविधानमाथि बलमिच्याइँ गर्दा कोशीमा अस्थिरता सिर्जना भएको हो ।
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान २० औं निजामती सेवा दिवसको अवसरमा पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ । 
पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी
पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाको पहिचनाको रुपमा रहेको करुवा र ढाकाको विस्तृत अध्ययन गरी ‘ब्राण्डिङ’ गर्ने बताएका छन् । बिहीबार तानसेनमा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने बताएका हुन् ।
आज साक्षरता दिवस मनाइँदै
आज साक्षरता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो । 
Weather Update