स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
शनिबार, चैत १०, २०८०
बाली जोगाउन किसानलाई भोटे कुकुर
शनिबार, चैत १०, २०८०
पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
शनिबार, चैत १०, २०८०
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
शनिबार, चैत १०, २०८०
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
शनिबार, चैत १०, २०८०
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
शुक्रबार, चैत ९, २०८०
राजनीतिक दलहरुले भाषण गफ मात्रै गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।
महरा हाजिरी जमानीमा छुुटे
शुक्रबार, चैत ९, २०८०
माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो ।
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता
शुक्रबार, चैत ९, २०८०
गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार
शुक्रबार, चैत ९, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, चैत ९, २०८०
विश्व पानी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुईजना घाइते
बिहीबार, चैत ८, २०८०
मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।
गिरिजाप्रसाद कोइरालाको सम्झना
बिहीबार, चैत ८, २०८०
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।


