पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २२, २०८०

आज साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो ।

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
बिहीबार, भदौ २१, २०८०
कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।

तानसेनमा निकालियो अमरनारायणको रथयात्रा
बिहीबार, भदौ २१, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष विहीबार निकालिएको हो ।

पाल्पामा निकालियो इतिहास सम्झाउने भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
पाल्पाको तानसेनमा विहीबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।

सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
बिहीबार, भदौ २१, २०८०
एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।

एमाले लुम्बिनी अध्यक्षमा कँडेल
बुधबार, भदौ २०, २०८०
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । उनी प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया
बुधबार, भदौ २०, २०८०
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया तानसेनमा भएको छ । नेपाल कम्युनिष्ट पार्टी पाल्पाको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र इतिहासका जानकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।

‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै
बुधबार, भदौ २०, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुन लागेको छ । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा असोज ७ गते आइतबार हुने भएको हो । स्कुलको प्राङ्गणमा कार्यक्रम गरिने जनाइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल
बुधबार, भदौ २०, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले रिडीमा रहेको ऋषिकेश मन्दिरमा बस्ने वृद्धाहरुलाई फलफूल वितरण गरेको छ । प्रतिष्ठानले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार मन्दिरमै पुगी वृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।

कांग्रेसका सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते
बुधबार, भदौ २०, २०८०
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
बुधबार, भदौ २०, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए ।