आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
सोमबार, भदौ १७, २०८१
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
सोमबार, भदौ १७, २०८१
भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
शनिबार, भदौ १५, २०८१
ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा विहीबार राति मृत्यु भएको हो ।
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
शुक्रबार, भदौ १४, २०८१
शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका...
यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन, सेवाग्राहीको गुनासो प्राथमिकतामा
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन...
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
शुक्रबार, भदौ १४, २०८१
आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
बिहीबार, भदौ १३, २०८१
नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
बिहीबार, भदौ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते
बिहीबार, भदौ १३, २०८१
बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...


