Shittalpati
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे । 
प्रेस युनियनद्वारा परामर्श समिति गठन
प्रेस युनियनद्वारा परामर्श समिति गठन नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए । 
विज्ञान र गणितका शिक्षक अभाव
विज्ञान र गणितका शिक्षक अभाव मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए ।
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
आज देशभर संविधान दिवस मनाइदैं
आज देशभर संविधान दिवस मनाइदैं आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
आज दर खाँइदै, भोलि निराहार व्रत
आज दर खाँइदै, भोलि निराहार व्रत हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । 
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
काँग्रेसले देशैभर संविधान दिवस मनाउने नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ ।  काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ । 
Weather Update