तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास
शनिबार, असोज १३, २०८०

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग शुक्रबार सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो ।

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मोटरसाइल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असोज १२, २०८०
नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
शुक्रबार, असोज १२, २०८०
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

आज विश्व मुटु दिवस मनाइँदै
शुक्रबार, असोज १२, २०८०
विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।
1695899608.jpg)
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
बिहीबार, असोज ११, २०८०
पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।

निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
बिहीबार, असोज ११, २०८०
विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।

आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।

आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...

निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार
बुधबार, असोज १०, २०८०
जिल्लाका निस्दी गाउँपालिका –१ राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ । राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
बुधबार, असोज १०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।