Shittalpati
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।
परम्परागत खेती छाडेर कफीखेतीतर्फ
परम्परागत खेती छाडेर कफीखेतीतर्फ गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर) पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो  । 
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।
Weather Update