Shittalpati
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’ गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
रविलाई भैरहवा ल्याइयो पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै आज हरिबोधिनी एकादशी तुलसीको विवाह गरिँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ...
विश्व निमोनिया दिवस मनाइँदै
विश्व निमोनिया दिवस मनाइँदै आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो ।
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली  (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम
सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको  आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र...
स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी गुल्मीको कालीगण्डकी  गाउँपालिका –१ हर्मिचौर  र वडा  नं. २ अर्बेनीका स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं . १ प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहितका काँग्रेस नेताहरु ।
रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
रवि लामिछाने थप १३ दिन हिरासतमा रहने रास्वपा सभापति  तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
Weather Update