पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
शनिबार, मंसिर १, २०८१
पाल्पा साहित्य समाजले गर्यो साहित्यकार र कलाकारलाई सम्मान
शनिबार, मंसिर १, २०८१
पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
शनिबार, मंसिर १, २०८१
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गेपुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दीशरण गाउँपालिका –२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ ।
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै
शनिबार, मंसिर १, २०८१
१३औं राष्ट्रिय कर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ । २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो ...
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
शनिबार, मंसिर १, २०८१
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शनिबार, मंसिर १, २०८१
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव...
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु
शुक्रबार, कात्तिक ३०, २०८१
जिल्लाको रामपुर नगरपालिका– ५ भम्बकमा अचेत अवस्थामा भेटिएका एक पुुरुषको मृत्यु भएको छ । शुक्रबार विहान भम्बकका ५४ वर्षीय रामु काफ्ले आफ्नै घर नजिक रहेको गोबर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो परी अचेत अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरी रामपुर अस्पताल...
देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा
शुक्रबार, कात्तिक ३०, २०८१
सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ । कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ । यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिर्दै आएको छ ।
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
शुक्रबार, कात्तिक ३०, २०८१
आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
गुरु नानक जयन्ती मनाइँदै
शुक्रबार, कात्तिक ३०, २०८१
आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
बिहीबार, कात्तिक २९, २०८१
लुम्बिनी प्रदेश सरकारले पटके चेकिङ हटाउने तयारी गरेको छ । उसले १२ वटै जिल्लामा लगाइदै आइएका पटके चेकिङ हटाउने तयारी गरेको हो ।
आज विश्व मधुमेह दिवस मनाइँदै
बिहीबार, कात्तिक २९, २०८१
आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।


-1762576335.jpg)