Shittalpati
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् । उनले विवाह पञ्चमीको अवसरमा सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा सीताकुण्डमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाले विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक...
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । हरेक वर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर–१० डिसेम्बर) कै अवसर पारेर हरेक...
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । 
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।     ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । 
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’ संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको  दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
Weather Update