Shittalpati
अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै

पाल्पा । आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।

कोरोना महामारीका कारण यस वर्ष भने विगतमा जस्तो भव्य र वृहत कार्यक्रम नहुने भएका छन् । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो ।

नेपालले बाल अधिकार सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिवद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । बाल अधिकार सम्बन्धिका अन्य प्रतिबद्धताहरूको समूचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकार संरक्षण, प्रवद्र्धन र परिपूर्तिको सन्दर्भमा नेपाल सरकारले अधिकारप्राप्त निकायहरुबाट प्राप्त गरेका सिफारिसहरुलाई समयमै कार्यन्वयन गर्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update