Shittalpati
प्रतितोला चौबीस सयले बढ्यो सुन

काठमाडौ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सयमा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८ सय पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९ सयबाट बढेर ९७ हजार ३ सय पुगेको छ । तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो । चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ । -रासस

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update