Shittalpati
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्छ : प्रचण्ड
अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली 
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली  नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा सिंजाली चयन भएकी छन् । माओवादीको तानसेनमा भएको तेस्रो नगर अधिवेशनले सिंजालीलाई अध्यक्षमा चयन गरेको हो ।
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी 
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी  नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले  युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
सरकारलाई भारी बन्दै ‘अध्यादेश’
सरकारलाई भारी बन्दै ‘अध्यादेश’ बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।
चितवनमा रविलाई घरौटीमा छाड्न आदेश
चितवनमा रविलाई घरौटीमा छाड्न आदेश साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा सम्मानित भएकी छन् । विकास निर्माणमा नगरपालिकाबाट खेलेको भूमिकाको कदर गर्दै  मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुरले थपालाई सम्मान गरेको हो ।
सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल
सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनले बताए ।  
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल  : मुख्यमन्त्री आचार्य
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा आज दिएका शुभकामना सन्देशमा उनले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गरे ।
लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै
लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए । 
Weather Update