बढ्दै देशभर चिसो
बुधबार, असोज ३०, २०८१

आज कोजाग्रत व्रत
बुधबार, असोज ३०, २०८१
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रातिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत व्रतमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ ।

भारत–क्यानाडा सम्बन्धमा दरार
मंगलबार, असोज २९, २०८१
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक संकटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ । सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार...

विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइयो
मंगलबार, असोज २९, २०८१
मंगलबार एकै दिन विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस नेपालसहित विश्वभर मनाइएको छ । दुवै दिवस आफैमा महत्वपूर्ण रहेका छन् ।

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
मंगलबार, असोज २९, २०८१
देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार...

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
मंगलबार, असोज २९, २०८१
यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र...

गाउँ घर
मंगलबार, असोज २९, २०८१
कसलाई माया हुदैँन जन्मिएको माटो,
यादमै छ गुन्द्रुकको झोल अनि मकैको आटो ।

झापामा दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, असोज २७, २०८१
झापामा आज (आइतबार) छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
बुधबार, असोज २३, २०८१
पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।

बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बुधबार, असोज २३, २०८१
रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।