आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
सोमबार, कात्तिक ५, २०८१

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
सोमबार, कात्तिक ५, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आइतबार सावजनिक गरेको हो ।

सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
आइतबार, कात्तिक ४, २०८१
गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा सोमबार शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
शनिबार, कात्तिक ३, २०८१
वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।
-1729317174.jpg)
प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
शनिबार, कात्तिक ३, २०८१
लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शनिबार, कात्तिक ३, २०८१
बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो
शनिबार, कात्तिक ३, २०८१
बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो ।
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
बिहीबार, कात्तिक १, २०८१
बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।

आज पूर्णिमा व्रत : बडादसैँ समापन
बिहीबार, कात्तिक १, २०८१
आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...

कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने
बुधबार, असोज ३०, २०८१
तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
बुधबार, असोज ३०, २०८१
जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

भीरमा फालेर छ वर्षीय छोराको हत्या
बुधबार, असोज ३०, २०८१
ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।