Shittalpati
रामपुर नगर सरकारले सञ्चालन गर्‍यो निःशुल्क लोकसेवा कक्षा 
रामपुर नगर सरकारले सञ्चालन गर्‍यो निःशुल्क लोकसेवा कक्षा  जिल्लाको रामपुर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवाको तयारीमा जुटेका नगर भित्रका विद्यार्थीहरुलाई लक्षित गरी नगर सरकारले निःशुल्क कक्षा सञ्चालन गरेको हो ।
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना 
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना  लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले लगानीको वातावरण नहुँदासम्म देशको समृद्धि हुन नसक्ने बताएका छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवस समारोहलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले लगानीको वातावरण नहुँदासम्म देशको विकास  र समृद्धि  हुन नसक्ने बताएका हुन् । 
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा आज उत्पत्तिका एकादशी । मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।
दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो
दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन्  ।  व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए  ।
हिंसा अन्त्यको बाधक राजनीतिक संरक्षण
हिंसा अन्त्यको बाधक राजनीतिक संरक्षण लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म  नेपालसहित विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको हो ।
कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव
कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गरेको हो । 
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।
पाल्पामा थपिदै सुविधाजनक बसहरु
पाल्पामा थपिदै सुविधाजनक बसहरु यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थपिदै  लगिएको छ ।  पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. पाल्पाबाट दसैं यता काठमाडौंका लागि ६ वटा सुविधाजनक रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
विश्व दर्शनशास्त्र दिवस मनाइँदै आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको...
आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै आज ‘विश्व टेलिभिजन दिवस’ विश्वभर मनाइँदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट...
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदाल पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा...
Weather Update