Shittalpati
चार दिन अँध्यारोमा बास
चार दिन अँध्यारोमा बास विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ?  (सूचीसहित)
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
अवैध गाँजा सहित पक्राउ
अवैध गाँजा सहित पक्राउ जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द
रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द जिल्लाको रामपुर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबार राति १२ बजेदेखि १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसंग छलफल गरि भदौ २ गते (मंगलबार) राति १२ बजेदेखि १२ गते रातिसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
जंगली च्याउ खाँदा दुईको मृत्यु
जंगली च्याउ खाँदा दुईको मृत्यु जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।
एसइईको नतिजा सार्वजनिक
एसइईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । 
निषेधाज्ञा तोडेपछि हवाई फायर
निषेधाज्ञा तोडेपछि हवाई फायर कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । चितवन, निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।
त्रिविका काम घरबाट
त्रिविका काम घरबाट त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो ।
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता प्रदेश पाँचका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय बाह्र...
पाल्पामा अवैध बन्दुकसहित दुई जना पक्राउ
पाल्पामा अवैध बन्दुकसहित दुई जना पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बेल्गामा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो ।
पहिरोमा परी तीनको मृत्यु
पहिरोमा परी तीनको मृत्यु निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं. ३ का ६० वर्षीया बली विक रहेका छन् ।
Weather Update