Shittalpati
अन्यौलमा प्रदेशसभाको कार्यकाल
अन्यौलमा प्रदेशसभाको कार्यकाल गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
पुल नबन्दा सास्ती
पुल नबन्दा सास्ती मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।
पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना
पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने पाल्पा र गुल्मीका १ हजार ६ सय ४३ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना गरेको हो । उनीहरुलाई आयोगले २९ करोड ९९ लाख ५० हजार जरिवाना गरेको छ ।...
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् ।
कुलो बगेपछि तीन सय ५० परिवार बिजुली बिहीन
कुलो बगेपछि तीन सय ५० परिवार बिजुली बिहीन अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।
रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
शिक्षक संघ माथागढीले भन्यो ‘शिक्षक कुुट्ने लाई कारवाही गरियोस्’
शिक्षक संघ माथागढीले भन्यो ‘शिक्षक कुुट्ने लाई कारवाही गरियोस्’ नेपाल शिक्षक संघ माथागढीले शिक्षक माथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेको छ । माथागढी–५ स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरीप्रसाद न्यौपानेलाई कुटपिट गर्नेहरुलाई तत्काल कडा भन्दा कडा कानुनी कारवाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको हो । संघले एक विज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी तत्काल कानुनी कारवाही...
लुम्बिनीमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने
लुम्बिनीमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्ने पाउने भएका छन् । यहाँका १२ जिल्लाका ३२ लाख ४९ हजार ६ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका हुन् । यस प्रदेशमा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन भएको छ । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण तथा अधिवेशन गरेको हो । सभाको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।
Weather Update