संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा
सोमबार, असोज ३, २०७९
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं
सोमबार, असोज ३, २०७९
अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो ।
बरजु गुठीले मनायो वार्षिक साधारण सभा
सोमबार, असोज ३, २०७९
तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए ।
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आइतबार, असोज २, २०७९
यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो
आइतबार, असोज २, २०७९
अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैंका लागि टिकट बुकिङ खुला
आइतबार, असोज २, २०७९
सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
शनिबार, असोज १, २०७९
अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।
रामपुरमा अवैध संरचना हटाइँदै
शनिबार, असोज १, २०७९
सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
शुक्रबार, भदौ ३१, २०७९
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
शुक्रबार, भदौ ३१, २०७९
कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
बिहीबार, भदौ ३०, २०७९
नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।
राष्ट्रियसभा : दुई विधेयक पारित
बिहीबार, भदौ ३०, २०७९
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ
बिहीबार, भदौ ३०, २०७९
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१...