Shittalpati
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया

पाल्पा, गर्भपतन सेवाको पैरवीका लागि तानसेनमा पत्रकारसँग अन्तक्र्रिया गरिएको छ । एस. एस. इ .सि.पि जि. अर्घाखाचीको आयोजना र आईपास नेपालको सहयोगमा पाल्पाली अन्तक्र्रिया कार्यक्रम भएको हो ।

अन्तक्र्रिया कार्यक्रममा पाल्पामा सुरक्षित गर्भपतनको अवस्था, भईरहेका प्रयास, चालिएका कदमहरुको बारेमा छलफल भएको थियो । संस्थाले पाल्पा र अर्घाखाचीमा सुरक्षित गर्भपतनको विषयमा जनचेतना फैलाउने, लक्षित वर्गका किशोर,किशोरीहरुलाई प्रशिक्षण दिने र टोल –टोलमा सुरक्षित गर्भपतनको अभियान चलाउने, विभिन्न स्वास्थ्य चौकी, संस्थाहरुमा सुरक्षित गर्भपतनका आवश्यक सरसमान सहयोग गर्ने, महिला तथा लैङ्गिक हिंसाका बारेमा सचेतना अभियान चलाउने जस्ता कामहरु गर्दै आएको संस्थाका आर्दश अधिकारीले बताए । कार्यक्रममा सुरक्षित मातृत्व, नव शिशु स्वास्थ्य, किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य सुरक्षा, परिवार योजना, यौन तथा एचआईभी रोकथाम तथा उपचार, लैङ्गिक हिंसाको रोकथाम तथा सचेतना, सुरक्षित गर्भपतन, औषधी तथा औजारबाट, बाझोपनको उपचार, वृद्ध महिलाहरुको प्रजनन् स्वास्थ्य, गर्भपतनका १२ हप्ता देखी २८ हप्तासंम्मको गर्भपतनको अवस्थाका बारेमा पत्रकारहरुसँग छलफल गरिएको थियो ।

कार्यक्रममा आइपास नेपालका युथ कोडिनेटर जीवन देवकोटाले हामी सबैको एउटै लक्ष्य, उद्देश्य हो । महिलाहरुमा रहेको अनिच्छुक गर्भलाई सुरक्षित, सहज तरीकाबाट पतन गराउने अभियानलाई सर्वसुलभ र व्यस्थित र मर्यादित बनाउने भएकाले पत्रकारहरुको सहकार्यमा काम गर्न सजिलो होस् भनि पत्रकारहरुसँग सहकार्य गरिएको बताए । संस्थाले परिवार नियोजनका अस्थायी साधनमार्फत अनिच्छुक गर्भ नरहोस् र गर्भपतन गर्ने अवस्था नआओस् भनि अस्थायी साधन प्रयोगमा बढी जोड दिएको आईपासका देवकोटाले बताए । पाल्पामा १ वर्षको अवधिमा १ हजार ४ सय ४ जनाले गर्भपतनको सुविधा लिएका छन् । गर्भपतन पछि १ हजार २ सय ६१ जनाले नियमित रुपमा अस्थायी साधनको प्रयोग गर्दै आएका छन् । जसमा २० बर्षसम्मको १ सय १२ जना र २० बर्षभन्दा माथिका १ हजार २ सय १९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । ‘सुरक्षित गर्भपतन अपराध होइन्, अधिकार हो’ भन्ने अभियानका साथ पाल्पामा सुरक्षित गर्भपतन सुदृढिकरण परियोजना सञ्चालन भएको छ । एस. एस. इ .सि.पि जि. र आईपास नेपालले यहाँका तीन स्थानीय तहमा सो परियोजना सञ्चालन गरेका हुन् । संस्थाले पाल्पाको तानसेन नगरपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । आवश्यकता अनुसार जिल्लाभर काम गर्दै आएको संस्थाकी कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलले बताईन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update