लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
शिक्षा र समाज
वेद माविको व्यवस्थापन समिति गठन

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा रहेको बेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । बराङ्दीमा बसेको अभिभावकहरुको भेलाले गणेशप्रसाद बस्यालको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यस्थापन समितिको सर्वसम्मत रुपमा छनोट गरेको हो । जसको सदस्यमा शारदा भुसाल, भरतमणी बस्याल, गीता भुसाल, नुमादेवी पाण्डे, भगवती घिमिरे, वडा प्रतिनिधि गणेश बस्याल, डिल्लीराज पाण्डे रहेका छन् ।
बैठकमा विद्यालयका प्रधानाध्यापक डिल्लीराज पाण्डेले ३ वर्षीय कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा वडाअध्यक्ष गणेशप्रसाद बस्याल, निजामती कर्मचारी संगठनका केन्द्रिय पूर्वअध्यक्ष गणेशप्रसाद बस्याल, नेकपाका हरिप्रसाद पाठक, जनता माध्यमिक विद्यालय तानसेनका अध्यक्ष कृष्णप्रसाद भुसाल, जगदीशप्रसाद बस्याल, ताराप्रसाद घिमिरे, मोतिलाल बस्याल लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । ३ वर्षीय कार्यकालको समीक्षा गर्दै विद्यालयका निवर्तमान अध्यक्ष यज्ञप्रसाद बस्यालले आफ्नो कार्यकालको अवधीमा सहयोग गर्ने अभिभावक शिक्षक, विद्यार्थी लगायतलाई आभार व्यक्त गदै संस्थागत विद्यालयको सुरक्षा सबैले गर्नु पर्ने बताए । त्यस्तै बैंठकले दामोदर भुसालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरेको छ । भेलाको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्रमुख गुणाराम खनालले गरेका थिए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!