शिक्षा र समाज

युवकको भिरबाट खसेर मृत्यु

Shittalpati Reporter

पर्वत, घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी शनिबार विहान करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । भिरबाट लडेपछि उनी करिब २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । –रासस

 


प्रकाशित मिति: शनिवार, चैत्र २८, २०७७, ०५:५६:००
प्रतिक्रिया दिनुहोस्