Shittalpati
समानुपातिकतर्फ एमाले पहिलो

कृष्ण पोखरेल
पाल्पा,पाल्पामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी ५२ हजार ३ सय ३९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली काँग्रेसले ३८ हजार ९ सय ९ मत प्राप्त गरेको छ  ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ६ सय ६२, नेकपा माओवादी केन्दले ७ हजार ७ सय ६१ मत, मंगोलनेशनल अर्गनाइजेशन ३ हजार २ सय ८७ मत, नेकपा एकिकृत समाजवादीले १ हजार ८ सय ९२ मत, राष्ट्रिय प्रजातन्त्रपार्टीले १ हजार ५ सय ६८ मत, राष्ट्रिय जनमोर्चाले २ सय ५८ मत, जनता समाजवादी पार्टीले १ सय ५७ मत पाएको छ ।
यस्तै प्रदेशसभातर्फ पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् । नेकपा एमालेले ५५ हजार ३ सय ६ मत पाएको छ भने नेपाली काँग्रेसले ३९ हजार ८ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले ८ हजार २ सय १६ मत पाएको छ । मंगोलनेशनल चौथो शक्ति भएको छ । मंगोलनेशनले ३ हजार ९ सय ५ मत पाएको छ भने नेकपा एकिकृत समाजवादी पार्टी पाँचो नम्वरमा पुगेको छ । जसले ३ हजार ७ सय ४० मत पाएको छ । राप्रपाले ३ हजार १५ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले १ हजार ३३ मत पाएको छ । जनमुक्ति पार्टीले ७ सय ८४ मत प्राप्त गरेको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा जिल्ला भरबाट १ मत ल्याउने पार्टीहरुमा बहुजन शक्ति पार्टी, पिछडाबर्ग निषाद दलित जनजाती पार्टी, नेकपा माओवादी समाजवादी रहेका छन् । दुई मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी, मितेरी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेका छन् भने ३ मत पाउनेमा बहुजन एकता पार्टी, नेपाल संघीय समाजवादी पार्टी, ४ मत पाउनेमा मौलिक जरोकिलो पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र ५ मत पाउनेमा नेपाल समावेशी पार्टी र जनता प्रगतिशिल पार्टी
रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update