Shittalpati
गुल्मी –१ मा मतगणना सुरु

गुल्मी, जिल्लाको क्षेत्र नम्बर– १ मा पनि मतगणना सुुरु भएको छ । यहाँ १ बजेदेखि मतगणना सुुरु गरिएको हो । क्षेत्र नं. २ सोमबारदेखि नै मगतगणना जारी रहे पनि १ को भने हुन सकेको थिएन । आइतबार कालीगण्डकी गाउँपालिका –२ अर्वेनीको मतदान स्थगित भएपछि यहाँको मतगणना हुन सकेको थिएन ।

प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछि अर्वेनीको मतदान स्थगित भएको थियो । सहमति पछि मंगलबार पुनः मतदान भएको थियो । यहाँको मतदान सकिएपछि मात्र आजदेखि मतगणना थालिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update