जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
स्वास्थ्य
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी

कृष्ण पोखरेल
पाल्पा, पछिल्लो समय तानसेन नगरपालिका भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुको सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । बर्थिङ र ल्याव सेवा सञ्चालनमा आए पछि यहाँका स्वास्थ्य चौकीहरुको सेवा प्रभावकारी बन्दै गएको हो ।
बर्थिङ र ल्याव सेवा नहुँदा ग्रामीण क्षेत्रका नागरिकहरुले समस्या भोग्नु परेको थियो । यहाँ यि दुवै सेवा सञ्चालनमा आएपछि भने नागरिकलाई सहज भएको छ । तानसेनका मदपोखरा र अर्गली स्वास्थ्य चौकीमा केही समय पहिलेदेखि बर्थिङ सेवा सञ्चालन हुँदै आए पनि ल्याव सञ्चालनमा आउन सकेको थिएन् । पछि २०७८ फागुनदेखी ल्याव सेवा पनि सञ्चालन हुन थालेपछि भने यहाँका नागरिकले घरदैलोमा सहज सेवा पाउन थालेका हुन् । सुविधा सम्पन्न बर्थिङ र ल्याव सञ्चालनमा आएपछि सेवा प्रभावकारी बन्न पुगेको हो । तानसेनमा अन्य स्वास्थ्य चौकीहरुमा भन्दा मदनपोखरा स्वास्थ्य चौकीमा विरामीको संख्या बढी रहेको छ । यहाँ दैनिक सरदर ७० जना विरामीको उपचार हुँदै आएको छ । स्वास्थ्य चौकीमा दैनिक विस जना विरामीले ल्याव सेवा लिदै आएका छन् । स्वास्थ्य चौकीबाट दैनिक विरामी चेकजाँच बाहेक सुत्केरी सेवा, गर्भ जाँच, परिवार नियोजन सेवा, गर्भपतन सेवा र ल्याव सेवा प्रदान हुँदै आएको छ । ल्याव सेवामा रगत, दिशा, पिसाव र खकार टेष्ट हुँदै आएको स्वास्थ्य चौकी प्रमुख झपेन्द्र घिमिरेले बताए । ल्यावको अभावमा पहिला–पहिला स्वास्थ्यकर्मीले अनुमानको भरमा विरामीलाई औषधी दिदै आएकोमा अहिले ज्वरो, रुघा खोकी, लगायतका विरामीहरुको ल्याव जाँच गरेर औषधी दिने गरेको स्वास्थ्य प्रमुख घिमिरेले बताए । नसर्ने रोग अन्तर्गत बढ्दो रुपमा फैलिएको मधुमेह रोगको नियमित चेकजाँचका लागि स्वास्थ्य चौकीमा ल्याव सेवा भएपछी सर्वसाधारण विरामीलाई सहज भएको छ । मदनपोखरा स्वास्थ्य चौकी विगतका बर्षहरुदेखी नै जिल्लामै सबैभन्दा बढी सुत्केरी गराउने स्वास्थ्य चौकीको रुपमा परिचित रहँदै आएको छ । चालु आर्थिक बर्षको ११ महिनामा स्वास्थ्य चौकीमा ३० जना महिलाले सुत्केरी सेवा लिएका छन् । यो स्वास्थ्यचौकीमा तानसेन नगरपालिकाको ७ र ८ वडा देखी माथागढी र बगनासकाली गाउँपालिकाका विरामीहरु उपचारको लागि पुग्ने गरेका छन् । मदनपोखरा स्वास्थ्य चौकी झडेवा बासटारी सडक क्षेत्रमा रहेको माडीफाँट तथा चारैतिरको केन्द्र भाग भएकाले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरन्नोती गर्नुपर्ने आवश्यकता रहेको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । विरामीलाई घरदैलोमै सेवा पुर्याउन, १५ बेडसम्मको अस्पताल दमकडा क्षेत्रमा आवश्यक रहेको वडा अध्यक्ष अर्यालले बताए । अर्गली स्वास्थ्य चौकीमा बर्थि· सहितको ल्याव सेवा सञ्चालनमा आएपछी छिमेकी जिल्ला सहित पालिकाका जनताले सेवा लिएका छन् ।
यहाँ स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गुल्मीको रुरु गाउँपालिका र पाल्पाको रिव्दीकोट गाउँपालिकाका जनताले उपचार सेवा लिदै आएका छन् । अर्गली स्वास्थ्य चौकीमा दैनिक ४० जनासम्म विरामीको उपचार हुँदै आएकोमा १५ जना सम्मले ल्याव सेवा लिने गरेका छन् । अर्गली स्वास्थ्य चौकीले मधुमेहका विरामीलाई लक्षित गरेर प्रत्येक हप्ताको शुक्रबार विहान ८ बजेदेखी नै ल्याव सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य चौकी प्रमुख जानका थापाले बताईन । अन्य दिनमा पनि ल्याव सेवा सञ्चालन गरेपनि मधुमेहका विरामीले खाना खानु अघि र पछी रगत जाँच गर्नुपर्ने भएकाले हप्ताको एक दिन विहानै देखी ल्याव सञ्चालन गरेको स्वास्थ्य चौकी प्रमुख थापाले बताइन् ।ल्याव सेवाका कारण विरामीको सही रोग पहिचान भएको जसका कारण विरामी चाडो निको हुँदै आएको, गुणस्तरीय उपचार भएकाले रिपोर्टको आधारमा ठिक औषधीको छनौट गर्न सहज भएको स्वास्थ्य चौकी प्रमुख थापाले बताइन् । स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा १६ जना महिला सुत्केरी भएका छन् । नव निर्वाचित तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले हाल सञ्चालनमा रहेको बर्थिङ र ल्याव सेन्टर रहेका स्वास्थ्य चौकीहरुमा सुत्केरीका लागि अति आवश्यक रहेको भिडियो एक्सरे सहितको सेवा थप गर्ने, नगरको ग्रामीण भेगमा भौतिक पूर्वाधार रहेको स्वास्थ्य चौकीमा ल्याव सहित बर्थिङ सेन्टर सञ्चालन गर्ने, राम्रा पूर्वाधार नभएका स्वास्थ्य चौकीहरुमा भवन निर्माण गर्ने बताए । विरामीको संख्याको आधारमा हालका स्वास्थ्य चौकीहरुमा पनि चिकित्सकको व्यवस्था गर्न केन्द्रमा पहल गर्ने नगर प्रमुख श्रेष्ठले बताए । तानसेन नगरपालिकाले विरामीको सेवा प्रवाहलाई चुस्त दुस्त र छिटो छरितो बनाउन मदनपोखरा स्वास्थ्य चौकीमा ५ जना र अर्गली स्वास्थ्चौकीमा ३ जना कर्मचारी नियुक्त गरी काममा खटाएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । तानसेन नगरका ग्रामिण वडाहरु, वडा नंं. १० तेल्घा, वडा नंं ११ बन्दिपोखरा, वडा नंं १२ बौघापोखराथोक, वडा नंं १३ बौघागुम्बाका स्वास्थ्य चौकीमा ल्याव, तथा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । पाल्पाका अधिकाश पालिकाहरुले आफ्नै खर्चमा स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन गर्दै आएका छन् ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!